Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मिनी ट्रक दुर्घटना : १९ खसी-बोका च्यापिएर मरे

मिनी ट्रक दुर्घटना : १९ खसी-बोका च्यापिएर मरे

आइतवार , माघ २७, २०८१

चितवन । चितवनमा पुनः मिनी ट्रक दुर्घटना भएको छ । आइतबार बिहान ६ः३० बजे मिनी ट्रक अनियन्त्रित भएर सडकमा पल्टिएको हो।

इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँतर्फ खसी र बोका लिएर जान लागेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक पल्टिएको प्रहरीले जनाएको छ ।

ट्रकमा रहेका १४३ वटा खसी र बोका मध्ये १९ वटा च्यापिएर मरेको बताइएको छ ।

आइतबार बिहानै नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा भएको बस दुर्घटनाका २५ घाइतेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077