बझाङ । बझाङका दुई जनाको भारतको बेंगलरुमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा केदारस्यूँ गाउँपालीका वडा नम्बर ७ का वीरेन्द्र बिक र सोही गाउँपालिका वडा नम्बर ९ सेकू निवासी विनय बिक रहेका छन् ।
उनीहरुको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको बताइएको छ ।
उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलरूमा थिए ।