Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु

दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु

शनिवार , माघ २६, २०८१

दार्चुला। दार्चुलामा भीरबाट खसेर एक प्रधानाध्यापकको मृत्यु भएको छ।

अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो।

भवनी आधारभुत विद्यालयमा उनी विगत ८ वर्षदेखी काम गर्दै आएका थिए। त्यहाँ उनी डेरामा बस्दै आएका थिए। उनको घर भने दार्चुलाकै मार्मा गाउँपालिका–२ हो।

शुक्रबार दिउँसो विद्यालयबाट डेरा पुगेर बिहेको निम्तो आएपछि त्यहाँ जानेक्रममा उनी भीरबाट खसेका थिए।

प्रधानाध्यापक महराको श्रीमती, दुई छोरा, दुई छोरीहरू छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077