काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ ।
आगलागीबाट सिंहदरबारस्थित खानेपानी मन्त्रालयका चौथो तलामा रहेका तीन वटा कोठामा क्षति भएको हो ।
चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्षसमेत रहेको छ । प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ ।
साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ।अरु कुन-कुन कार्यकक्ष थियो भन्ने खुलेको छैन।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।
आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।