Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने काठमाडौं महानगरको निर्णय

    सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने काठमाडौं महानगरको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, २६ माघ २०८१
  • 180
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यले ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने भएको छ ।

    कामपाको शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका बोर्डहरू सूचना प्रविधि विभागबाट बोलपत्रको प्रावधानसम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयमा वितरण गर्ने भएको हो । ३१३ थान बोर्ड खरिद गरिएको कामपाले जनाएको छ ।



    शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले सामुदायिक विद्यालयलाई ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने निर्णय गरेसँगै बोर्ड खरिद गरिएको कामपाले जनाएको छ ।

    बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ । कामपाको विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार