Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने काठमाडौं महानगरको निर्णय

सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने काठमाडौं महानगरको निर्णय

शनिवार , माघ २६, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यले ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने भएको छ ।

कामपाको शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका बोर्डहरू सूचना प्रविधि विभागबाट बोलपत्रको प्रावधानसम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयमा वितरण गर्ने भएको हो । ३१३ थान बोर्ड खरिद गरिएको कामपाले जनाएको छ ।

शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले सामुदायिक विद्यालयलाई ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने निर्णय गरेसँगै बोर्ड खरिद गरिएको कामपाले जनाएको छ ।

बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ । कामपाको विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077