Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रेस चौतारी अछामको अध्यक्षमा बुढा

प्रेस चौतारी अछामको अध्यक्षमा बुढा

शुक्रवार , माघ २५, २०८१

अछाम । प्रेस चौतारी नेपाल अछामको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार भएको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णबहादुर बुढा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा रमन भट्ट, महिला उपाध्यक्षमा आकांक्षा सिंह, सचिवमा कमल रावल, सहसचिवमा चन्द्र भाट तथा समावेशी सहसचिवमा रेनुका परिवार चयन भएका छन्।

त्यसैगरी, कोषाध्यक्षको जिम्मेवारी माया जोशीलाई दिइएको छ भने सदस्यहरूमा इशा भण्डारी, गोकुल ठकुन्ना, पवन खत्री चयन भएका छन्।

केन्द्रीय पार्षदका रूपमा पुष्प भट्ट, भानु ढकाल, विष्णु भण्डारी र माया बुढा चयन भएका छन् । प्रदेश पार्षदमा कल्पना बोहरा, टेक थापा, एकेन्द्र महता र सीता ठकुन्ना निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिले अछाममा प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित संरक्षण तथा जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077