काठमाडौँ । झापाबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटना भएको छ ।
विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको निजी गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।
मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।