Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बयालपाटा अस्पतालका पदाधिकारी र सुदूरपश्चिम सरकारबीच धनगढीमा छलफल

बयालपाटा अस्पतालका पदाधिकारी र सुदूरपश्चिम सरकारबीच धनगढीमा छलफल

बिहिवार , माघ २४, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र बयालपाटा अस्पताल, अछामका पदाधिकारी तथा सरोकारवालाबीच महत्वपूर्ण छलफल भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा छलफल भएको हो ।

छलफलका क्रममा बयालपाटा अस्पतालको बजेट व्यवस्थापन, सेवा प्रवाहको सुदृढीकरण, स्वास्थ्य पूर्वाधारको विकास तथा प्रदेश सरकारको भूमिकाका विषयमा गहन विमर्श भएको छ । स्रोतका अनुसार बैठकमा अस्पतालका प्रतिनिधिहरूले आवश्यक बजेट, जनशक्ति व्यवस्थापन तथा अस्पतालमा आउने बिरामीहरूको चापका सम्बन्धमा प्रदेश सरकारलाई जानकारी गराएका थिए ।

मुख्यमन्त्री शाहले स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम सरकारको विशेष चासो रहेको बताउँदै अस्पतालको दिगो सञ्चालनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय आर्थिक अभावका कारण अस्पतालले दिने सेवा प्रभावित हुँदै आएका छन् ।

कर्मचारीलाई समेत तलब खुवाउन आर्थिक नभएपछि अस्पतालको अवस्था नाजुक बन्दै गएको छ । त्यहाँका सरोकारवाला र नागरिकहरु अस्पतालको जिम्मा प्रदेश सरकारले लिनु पर्ने माग गर्दै आएका छन् ।

बिहीबार बिहानको छलफलमा मुख्यमन्त्री शाह, सामाजिक विकासमन्त्री मेघराज खड्का, अस्पतालका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077