काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएकी छन् ।
सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर उनी अस्ट्रेलिया पलायन भएकी हुन् । राष्ट्रिय टोली र एपिएफकी रोजाईकी स्पाइकर सरस्वती यसअघि केही समयका लागि अस्ट्रेलिया गएकी थिइन् ।
हालै पोखरामा सम्पन्न टाइगर कप भलिबल खेल्न नेपाल आएकी सरस्वती प्रतियोगिता सकिए लगत्तै एपिएफको जागिर समेत छाडेर पुनः अस्ट्रेलिया फर्किएकी हुन् ।
सरस्वती आठ वर्ष अगाडि एपिएफको सेवामा प्रवेश गरेकी थिइन् ।