Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

युएसएआइडीले दियो विश्वभर काम गर्ने आफ्ना कर्मचारीलाई बिदा

युएसएआइडीले दियो विश्वभर काम गर्ने आफ्ना कर्मचारीलाई बिदा

बिहिवार , माघ २४, २०८१

काठमाडौं । अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआइडीले विश्वभरमा रहेका आफ्ना कर्मचारीहरूलाई बिदा दिएको छ ।

वेवसाइटमार्फत सूचना जारी गरेर विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई युएसएआइडीले प्रशासनिक बिदा दिएको हो ।

बाँकी कर्मचारीहरूलाई बिदा दिने र उनीहरूसँगको करार सम्झौता रद्द गरिने पनि सूचनामा उल्लेख छ।

युएसएआइडीले संसारभरका कैयन् मुलुकमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ।

युएसएआइडी नेपालमा पनि विगत ७० वर्षदेखि कार्यरत छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआइडी बन्द गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077