Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

बिहिवार , माघ २४, २०८१

काठमाडौं । विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ ।

नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा तेह्रथूमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए ।

उनीहरुलाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा बुधबार उद्धार गरिएको हो ।

सेनाको कब्जामा रहेका उनीहरूलाई बुधबार भने युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको उडानमार्फत शुक्रवार दिउँसो काठमाडौँ आउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077