चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आर्मीको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको हो । निकुञ्जले जानकारी दिएको छ।
निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरका अनुसार चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको थियो ।
बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । कुनालाई धपाउनका लागि ६ राउण्ड गोली फायर भएको बताइएको छ ।
गोली लागेपछि भागेको मकुनाको खोजी गर्दै जाँदा करिब १ किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थियो ।
तत्कालै उठाउन प्रयास गर्दा नउठेपछि दिउँसो साढे ३ बजेतिर पशु चिकित्सक सहितको प्राविधिक टोलीले मकुनालाई मृत घोषणा गरेको हो ।घटनास्थलमा मृत हात्तीको पोस्टमार्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको भेटिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।