धनगढी । धनगढीको नोभा हस्पिटलमा कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् ।
कैलाली प्रहरीका अनुसार बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन् ।
उनी १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका थिए । राति २ बजेतिर राना शौचालय गएका थिए ।
धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।