Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई जना बेपत्ता

सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई जना बेपत्ता

बुधवार , माघ २३, २०८१

सुर्खेत । निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई जना कामदार बेपत्ता भएका छन्।

सुर्खेतको बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा खसेर दुई जना भेरी नदीमा बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर रहेका छन्।

घटना बुधबार दिउँसो साढे १ बजे भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077