Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवनका न्यायाधिवक्ताको सरुवा

रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवनका न्यायाधिवक्ताको सरुवा

बुधवार , माघ २३, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई ठगी मुद्दामा मात्रै प्रतिवादी बनाएर मुद्दा दर्ता गरेपछि सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा मंगलबार लामिछानेविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता गरेको थियो ।

त्यसबाट आक्रोशित महान्यायाधिवक्ता रमेश बडालले लुइँटेलको सरुवा गरेका हुन् । उनलाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ । चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ ।

प्रहरीले संगठित अपराध र ठगी दुबै मुद्दा लगाउन सुझाव दिएपनि लामिछानेलाई सरकारी वकिल कार्यालयले ठगीमा मात्र मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077