Online Nepal
  • शनिबार, २४ फाल्गुन २०८१
  • भारतीय बजेट : नेपाललाई दिने अनुदान रकम यथावत्

    भारतीय बजेट : नेपाललाई दिने अनुदान रकम यथावत्

    अनलाइन नेपाल
  • शनिबार, १९ माघ २०८१
  • 552
    SHARES

    काठमाडौं । भारतले नेपाललाई दिने अनुदान यसपटक यथावत् राखेको छ। भारतीय संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले आज भारतको बजेट २०२५/२०२६ सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन् ।

    सो बजेटमा विदेश मन्त्रालय अन्तर्गत राखिएको बजेटमा नेपाललाई सात सय करोड भारु दिने उल्लेख छ। भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो ।



    आर्थिक वर्ष २०२३/०२४ मा ६५७.३८ करोड (भारु) छुट्ट्याइएको थियो । त्यसमा वृद्धि गरी २०२४/०२५ मा ७०० करोड (भारु) पुर्‍याइएको थियो । त्यसलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।

    विभिन्न देशलाई दिइएको अनुदान सहयोगमध्ये भुटानलाई सबभन्दा बढी दुई हजार १५० करोड (भारु) छुट्टाएको छ । भुटानको बजेट यस पटक घटाएको छ ।

    अफगानिस्तानको अनुदान सहयोग बजेट पनि भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने भने यस पटक सय करोड भारु छुट्टाएको छ ।

    भारतले बङ्गलादेश र श्रीलङ्काको बजेट पनि यथावत् राखेको छ । बङ्गलादेशका लागि १२० र श्रीलङ्काका लागि ३०० करोड भारु बजेट छुट्टाइएको छ ।

    तर मालदिभ्सलाई दिँदै आएको बजेटमा व्यापक वृद्धि गरेको छ । मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु छुट्ट्याइएको थियो भने यस पटक सिधै ६०० करोड भारु पुर्‍याइएको छ ।

    पछिल्लो समय मालदिभ्ससँग भारतको राम्रो सम्बन्ध छैन । चीनले मालदिभ्सलाई गरेको सहयोगका कारण भारत र मालदिभ्सबिच सम्बन्ध खराब भएको छ।

    यस अवस्थामा पनि भारतले रणनीतिक हिसाबले अनुदान बजेटमा वृद्धि गरेको छ । तर त्यही म्यानमारको घटाएको छ । म्यानमारको ४०० करोड भारु थियो भने अहिले ३५० करोड छुट्ट्याएको छ । मङ्गोलियालाई भने दिँदै आएको पाँच करोड भारु यथावत् राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार