काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
आज नेपाली बजारमा सुन तोलामै एक हजार चार सय रुपैयाँले बढेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदी पनि केही बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
मंगलबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।
Leave a Reply