Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • अमेरिकी डलरको भाउ बढ्यो, जापानी येन र मलेसियन रिंगेटको मूल्य घट्यो

    अमेरिकी डलरको भाउ बढ्यो, जापानी येन र मलेसियन रिंगेटको मूल्य घट्यो

    अनलाइन नेपाल
  • बुधबार, १६ माघ २०८१
  • 159
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

    चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढेको छ । युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।



    राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा तोकिएको छ ।

    सिंगापुर डलर एकको खरिददर एक सय २ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।
    जापानी येन १० को खरिददर आठ रुपैयाँ ८९ पैसा र बिक्री दर ०८ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

    मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा तोकिएको छ ।

    स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्री दर १९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा तोकेको छ ।

    बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३६ पैसा तोकिएको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार