Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दोहोरो अंकले नेप्से बढ्दा ९ अर्ब ४० करोडको कारोबार

दोहोरो अंकले नेप्से बढ्दा ९ अर्ब ४० करोडको कारोबार

मंगलवार , माघ १५, २०८१

काठमाडौं । आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा अडिएको हो। आइतबार सोमबार १० अंक बढिले सेयर बजार घटेको थियो।

आज नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ।

३२५ स्क्रिप्सको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ८ अर्ब र आइतबार ९ अर्ब बराबरको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले नेप्से बढ्दा पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077