काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ ।