Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेप्से परिसूचक बढ्दा ६ अर्ब २५ करोडको सेयर कारोबार

नेप्से परिसूचक बढ्दा ६ अर्ब २५ करोडको सेयर कारोबार

आइतवार , माघ ६, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ।

नेप्से १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा बन्द भएको हो। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

बिहीबार ५ अर्ब ९२ करोडको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब २५ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३३ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३२५ वटा धितोपत्रको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच भएको हो।

आइतबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077