Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको माइक्रो बस बिहीबार साँझ सुनकोशी गाउँपालिका-६ कानढुंग्रेस्थित सडकबाट तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-१० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

उनको उपचारका क्रममा गएराति काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । घाइते १३ जनामध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको छ । त्यसमध्ये दुई जना घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौंको ट्रमा सेन्टर पुर्‍याइएको छ ।

माइक्रोबसका चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। माइक्रोको टायर पञ्चर भई डिभाइडरमा ठोक्किएको थियो ।

त्यसपछि अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये पाँच जनाको धुलिखेल अस्पतालमा र दुई जनाको ललितपुरस्थित बीएन्डबी उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077