Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ललितपुरमा यी स्थानमा आज काटिँदै छ बिजुली

ललितपुरमा यी स्थानमा आज काटिँदै छ बिजुली

शुक्रवार , माघ ४, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार, पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंगलामुखी, शंखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।

तोकिएको कार्य समयअगावै काम सम्पन्न भए निर्धारित समयभन्दा पहिल्यै बिजुली आउनेसमेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077