Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सर्वोच्चले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण

बिहिवार , माघ ३, २०८१

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

न्यायाधीश पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

यसअघि उच्च अदालत पाटनले पनि मंसिर २७ गते झालाई थुनाबाट रिहा गर्न अस्वीकार गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। गत असार १४ गते झा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077