Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • कपिलवस्तुमा नेपाली र भारतीय मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

    कपिलवस्तुमा नेपाली र भारतीय मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३ माघ २०८१
  • 36
    SHARES

    फाइल तस्विर

    कपिलवस्तु । कपिलवस्तुमा नेपाली र भारतीय दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।

    बुधबार साँझ वाणगंगा नगरपालिका-११ देउपारस्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालक दुवै युवाको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा यूपी-५५ ए एच ७०९० भारतीय नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका-१ का ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुकै सैनामैना–४ घर भएका २७ वर्षीय रोमन थारु रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। दुर्घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अजय थारुको बुटवलमा रहेको साँझा अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार