Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • पेट्रोलियम पदार्थको नमुना लिएर चीन फर्कियो टोली

    पेट्रोलियम पदार्थको नमुना लिएर चीन फर्कियो टोली

    अनलाइन नेपाल
  • बिहिबार, ३ माघ २०८१
  • 246
    SHARES

    दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ मा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङ सकिएसँगै प्राप्त नमुना लिएर टोली चीन फर्किएको छ ।

    गत वैशाख २८ बाट सुरु गरिएको ड्रिलिङबाट प्राप्त भएको नमुना एक ट्रकमा राखेर चीन फर्किएको हो ।



    खानी तथा भूगर्भ विभागका अनुसार चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना लिएर चीनको प्राविधिक टोली फर्किएको छ ।

    दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि प्रत्येक दुईरदुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षणपश्चात् सङ्कलन गरिएको नमुना लिएर टोली फर्किएको विभागका भूगर्भविद् प्रकाश लुइटेलले जानकारी दिए ।

    नमुनालाई तातोपानी नाका हुँदै चीन पु¥याउन एउटा ट्रक अन्वेषण स्थल जलजलेबाट हिँडिसकेको छ ।

    पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना मात्र जलजलेमा रहेको र अन्य सबै चीन फर्किएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार