Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते

बुधवार , माघ २, २०८१

झापा । झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइतेका हुन् ।

नागरिक यातायातको यात्रुवाहक बस अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको थियो । घाइते सबैको अवस्था सामान्य रेहेको र विर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक मेचीनगर –१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077