Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

धनगढीको वायु खतरनाक अवस्थामा पुगेपछि...

धनगढीको वायु खतरनाक अवस्थामा पुगेपछि...

मंगलवार , माघ १, २०८१

काठमाडौं । कैलालीको धनगढीको वायु मंगलबार दिउँसो खतरनाक अवस्थामा पुगेको छ ।

वातावरण विभागका अनुसार मंगलबार दिउँसो १ बजे वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई) ३५३ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई ३०० भन्दा माथि भएमा वायु स्वास्थ्यका निम्ति खतरनाक हुन्छ । सो समय धनगढीको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १४९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागले जनाएको छ ।

यस्तै ललितपुरको खुमलटार, धनुषाको जनकपुर र धनकुटा पनि अस्वस्थकर बनेको थियो । यी तीनवटै सहर अस्वस्थ्यकरको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077