Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विपिन जोशी सकुशल हुनुहुन्छ, फर्केर आउँछन् भन्नेमा ढुक्क छु : परराष्ट्रमन्त्री राणा

विपिन जोशी सकुशल हुनुहुन्छ, फर्केर आउँछन् भन्नेमा ढुक्क छु : परराष्ट्रमन्त्री राणा

सोमवार , पौष २९, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सकुशल रहेको बताएकी छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्रमन्त्री राणाले विपिन सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी हुन्।

परराष्ट्रमन्त्री राणाले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनु हुन्छ भन्नेमा ढुक्क छु। ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको थियो तर होइन भन्ने पनि आयो।’

जोशीको रिहाइका लागि पहल भइरहेको उनले बताइन्। परराष्ट्रमन्त्री राणाले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताइन् ।

उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन यसअघि नै आग्रह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077