Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नै सरकार अघि बढ्छ : गृहमन्त्री लेखक

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नै सरकार अघि बढ्छ : गृहमन्त्री लेखक

सोमवार , पौष २९, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार नै सरकार अघि बढ्ने बताएका छन्।

सिंहदरबारमा पत्रकारहरूसँग बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । अहिलेको सरकार राम्रा काम गर्नेतर्फ अग्रसर भइरहेको उनको भनाइ छ।

उनले संविधान संशोधन प्रक्रिया पनि अघि बढ्ने बताए।

गृहमन्त्री लेखकले भने,‘कांग्रेस र एमालेबीच सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ। सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ । संविधान संशोधन चरणवद्ध हो। ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुने अभिव्यक्ति एमाले केन्द्रीय कमिटी बैठकमा दिएका थिए।

तर गृहमन्त्री लेखकले संविधानको सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरूसँग छलफल र समन्वय गरेर संविधान संशोधन गरिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077