Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा

विश्वका घुम्नलायक स्थानमा लुम्बिनी ‘टप टेन’ मा

सोमवार , पौष २९, २०८१

काठमाडौं । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक ठाउँको सूचीमा नेपालको लुम्बिनी परेको छ।

न्यूयोर्क टाइम्सले सन् २०२५ मा घुम्नका लागि उत्कृष्ट ५२ गन्तव्य भनेर सार्वजनिक गरेको सूचीमा नेपालको लुम्बिनीलाई नवौं स्थानमा राखेको छ।

न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त चर्चा पनि गरेको छ ।

त्यसमा हजारौं वर्ष पहिले मायादेवीले लुम्बिनीको बगैँचामा सिद्धार्थ गौतम बुद्धलाई जन्म दिएको र लुम्बिनी त्यसबेलादेखिको प्राचीन भग्नावशेष रहेको र बौघ केन्द्रहरूले भरिएको तीर्थस्थल बनेको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077