Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विवाह गर्न वडाको सिफारिस अनिवार्य

विवाह गर्न वडाको सिफारिस अनिवार्य

सोमवार , पौष २९, २०८१

जाजरकोट । जाजरकोटको एक वडाले विवाहको लागि अनिवार्य रुपमा वडाको सिफारिस लिनु पर्ने निर्णय गरेको छ ।

जिल्लाको नलगाड नगरपालिका वडा नं ४ ले आफ्नो वडा भित्र हुने विवाहका लागि अनिवार्य रूपमा वडा कार्यालयको सिफारिस लिनु पर्ने निर्णय गरेको हो ।

वडा अध्यक्ष बद्री पन्तले विकराल रूपमा बढ्दै गइरहेको वाल विवाहलाई न्यूनीकरण गर्नका लागि आफ्नो वडाले यस्तो निर्णय गनु परेको बताए ।

आफ्नो वडामा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ३२ वटा भएका विवाह मध्य १६ वटा वाल विवाह भएको तथ्याङ्क रहेको समेत वडा अध्यक्ष पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077