Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौंलगायत केही स्थानमा सामान्य वर्षा, बुधबारदेखि मौसममा सुधार हुने

काठमाडौंलगायत केही स्थानमा सामान्य वर्षा, बुधबारदेखि मौसममा सुधार हुने

मंगलवार , पौष ९, २०८१

काठमाडौं । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरू भएको मौसम बदलीले मंगलबार देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ ।

पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । यद्यपि काठमाडौं उपत्यकालगायत केही स्थानमा सामान्य वर्षा भएको छ । काठमाडौंमा पनि साँझ सामान्य पानी परेको छ ।

आज मंगलबार राति पनि खासै वर्षा हुने अवस्था नरहेको तर बदली भएको क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षा गराउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

भोलिदेखि भने मौसम सुधार हुँदै जाने पनि उनले बताए । उनका अनुसार अहिले कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077