Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तीन महिनापछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

तीन महिनापछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

मंगलवार , पौष ९, २०८१

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युत्‌ गृहमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएका संरचनाको आंशिक मर्मतसम्भार गरेर ८८ दिनपछि मंगलबार बेलुका ७स्४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरिएको हो । उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।

हाल नदीमा उपलब्ध पानीको बहाबलाई पूर्णरूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो ।

असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट) मा क्षति पुर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077