Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

मंगलवार , पौष ९, २०८१

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इँटा बोकेको ट्रक दुर्घटना हुँदा चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्कर्पियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

स्कर्पियोमा सवार चार जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077