Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

श्रीमतीलाई थप बिदा माग्दै लेखा समितिका सभापतिले विद्यालयमा पठाए पत्र

श्रीमतीलाई थप बिदा माग्दै लेखा समितिका सभापतिले विद्यालयमा पठाए पत्र

मंगलवार , पौष ९, २०८१

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले फरार रहेकी पत्नीको विद्यालयमा बिदा थपको निवेदन दिएका छन् ।

सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी अन्जला कोइरालाको विद्यालयमा एमाले सांसद समेत रहेका पोखरेलले विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा बिदा थपको निवेदन दिएका हुन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि विद्यालयमा पत्र लेखेर अनुपस्थित रहेकी उनले थप बिदा मागेकी छन्।

संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलले श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पठाएका हुन्।

मोरङको धनपालथान गाउँपालिका-४ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अन्जलाको नाम जोडिएको थियो। प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि उनीसहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

अदालतको पुर्जीपछि फरार अन्जलाले ५ दिनको बिदा माग्दै विद्यालयमा निवेदन पठाएकी थिइन्। शुक्रबार बिदा सकिएपछि नयाँ पत्र पति ऋषिकेशले पठाइदिएका हुन्। दिन नभनी मागिएको बिदामा विरामी बिदा पाउँ भन्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077