Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

चाइनिज पेस्तोलसहित सुनसरीबाट एक जना पक्राउ

चाइनिज पेस्तोलसहित सुनसरीबाट एक जना पक्राउ

मंगलवार , पौष ९, २०८१

धरान । सुनसरी प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

सुनसरीको भोक्रा नर्सिङ गाउँपालिका -२ अकाहा बजार बस्ने खुर्सित आलमको घरमा छापामारी चाइनिज पेस्तोलसहित शमशेर आलमलाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा खुर्सित आलमको घरमा छापामारी प्रहरीले उनलाई अवैध हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले खुर्सित आलम फरार रहेकाले खोजी जारी राखेको छ। पेस्तोलसहित पक्राउ परेका शमशेर आलमलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ।

आलमको साथबाट एकथान अत्याधुनिक चाइनिज पेस्तोल, पेस्तोलको म्याग्जिन एकथान र २ वटा गोली बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077