Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मंगलवार , पौष ९, २०८१

ललितपुर । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीय लुरु सिलवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते सिलवालको गएराति बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक १७ वर्षीय इसान बस्नेत पनि गम्भीर घाइते भएका छन् ।

ललितपुरकै चापागाइँ घर भई बाडेगाउँ बस्नेतको ललितपुरमै रहेको केयरएण्डकेयर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077