Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वीरगन्ज नाकाबाट चारपांग्रे सवारीको आयात ३८ प्रतिशतले घट्यो

वीरगन्ज नाकाबाट चारपांग्रे सवारीको आयात ३८ प्रतिशतले घट्यो

मंगलवार , पौष ९, २०८१

पर्सा । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपांग्रे सवारीसाधनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने ४८२ जीप, कार र भ्यान आयात भएका छन् ।

गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा संख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो ।

गत आवको सोही अवधिमा एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने ७७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले रु दुई अर्ब ८० करोड ९१ लाख राजस्व संकलन गरेको थियो ।

इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगन्ज नाका हुँदै भित्रिने चारपांग्रे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्यांक्ले देखाएको छ ।

चालु आवको पाँच महिनामा यो नाका हुँदै रु १४ करोड ७८ लाख ६ हजार मूल्य पर्ने ९७ विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077