Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भक्तपुरको बालकोटमा बाबु–छोराको शव फेला, हत्याको आशंका

भक्तपुरको बालकोटमा बाबु–छोराको शव फेला, हत्याको आशंका

सोमवार , पौष ८, २०८१

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु छोराको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार खोटाङ घर भएका बुबाछोराको हत्या भएको अवस्थामा शव फेला परेको हो।

मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेका छन् ।

दुई फरक कोठामा बाबुछोराको शव भेटिएको प्रहरीले जनाएको छ । आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका थिए ।

सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।

उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077