Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काभ्रेबाट सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

काभ्रेबाट सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

सोमवार , पौष ८, २०८१

काभ्रे । काभ्रे प्रहरीले सासूको हत्या गरेको आरोपमा ज्वाइँलाई पक्राउ गरेको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ सुकबहादुर तामाङ पक्राउ परेका हुन् ।

तिनमायाको हत्या सुकबहादुरले नै गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

सुकबहादुरले नै हत्या गरेको खुलेपछि पुस ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077