Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

बुधवार , पौष ३, २०८१

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले उक्त आदेश दिएको हो।

न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ।

प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

सो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको हो । कारण देखाउ आदेश जारी गर्दै पोखरेलको इजलासले बन्दीसहित उपस्थित हुन भनेको छ ।

यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077