Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन : गृहमन्त्री लेखक

सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन : गृहमन्त्री लेखक

बुधवार , पौष ३, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी गर्नेले उन्मुक्ति नपाउने बताएका छन्। प्रेस युनियन रूपन्देहीले गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

गृहमन्त्री लेखकले सहकारीको रकम अपचलन गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्ने बताए। सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको बताउँदै उनले अब पनि कसैले उन्मुक्ति नपाउने बताए।

गृहमन्त्री लेखकले सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिहरुलाई कार्वाही भएपनी एकजनाको बिषय मात्र चर्चामा आएको पनि बताए। गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा अमर्यादित व्यवहार नभएको पनि बताए।

मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने गृहमन्त्री लेखकले बताए।

गृहमन्त्री लेखकले काठमाडौंबाट पक्राउ गरी पोखरा लैजाने क्रममा लामिछानेले जहाजमा जान नमानेको बताउँदै चितवनबाट पोखरा जाँदा मानवअधिकार उल्लंघन भयो भन्नु कुतर्क रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077