Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दाङमा माइक्रो दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङमा माइक्रो दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमवार , पौष १, २०८१

दाङ।दाङमा माइक्रो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

कपलवस्तुबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको माइक्रो दाङको लमही नगरपालिका-९ च्याउखोलामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँका ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन्। उनीहरुको सबैको अवस्था मध्यम रहेको तथा दाङको लमही अस्पतालमा उपचार जारी छ।

गाडीमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077