धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति धनगढी उपमहानगरपालिका-१३ मोहनपुरमा हर्क कप्टयालले सञ्चालन गरेको मालिका होटेल एण्ड डिडी स्टोरमा विद्युतको तार सर्ट भइ आगलागी भएको थियो ।
आगलागीबाट होटेल र पसलभित्र रहेका किराना लगायतका सामान जलेर ३० लाखको क्षति भएको हो ।
आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Leave a Reply