Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

इजरायलले भन्यो – विपिन जोशी जीवितै छन्, छिट्टै काठमाडौं‌ फर्किन्छन्

इजरायलले भन्यो – विपिन जोशी जीवितै छन्, छिट्टै काठमाडौं‌ फर्किन्छन्

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । इजरायलले प्यालेस्टिनी समूह हमासको बन्धकमा रहेका विपिन जोशी जीवितै रहेको दाबी गरेको छ ।

नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले महेन्द्रनगरका जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको भेटमा उनले १४ महिनादेखि हमासको बन्धकमा रहेका विपिन छिट्टै काठमाडौं फर्किने बताए । उनले अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना पाएको दाबी गरे ।

विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077