Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सहरी मन्त्रालयमा सुब्बाको अराजकता, ५ बर्षमा सरुवा गर्दा गेटमा धर्ना

सहरी मन्त्रालयमा सुब्बाको अराजकता, ५ बर्षमा सरुवा गर्दा गेटमा धर्ना

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । सिंहदरवारस्थित सहरी विकास मन्त्रालयको गेटमा एक नायब सुब्बाले गत सोमबारदेखि अनौठौ हर्कत देखाइरहेका छन् ।

मन्त्रालयले गत असोज १५ गते सुब्बा तथा स्टोरकिपर पशुपति पोखरेलललाई संघीय सचिवालय तथा निर्माण व्यवस्थापन कार्यालयबाट सहरी विकास तथा भवन निर्माण विभागमा सरुवा गरेको थियो ।

दुई महिना नाघिसक्यो । उनले व्यवस्थापन कार्यालय छाड्न मानेका छैनन् । जसरी पनि व्यवस्थापन कार्यालयमै बस्नुपर्ने जिद्दी राखेर उनी धर्नामा छन् ।

किनभने व्यवस्थापन कार्यालयले अतिविशिष्ट व्यक्ति तथा मन्त्री क्वाटरमा उपलब्ध गराउने सामान विभिन्न सप्लार्यस कम्पनीबाट खरिद गर्ने नाममा उनले गत पाँच वर्षदेखि करोडौं अनियमिता गरिरहेका छन् । अनियमिता गरेका प्रमाणहरु बाहिर आइरहेका छन् ।

व्यवस्थापन कार्यालयमा बस्न उनले सबै विधि अपनाए । सहरी विकास मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा, मन्त्री प्रकाशमान सिंहको सचिवलायमा कार्यरत कर्मचारीहरुलाई खुलेआम आर्थिक, सामाजिक सांस्कृतिक सहयोग गर्ने आश्वासन दिए ।

सांस्कृतिक सहयोग भनेको के थियो, कसैले बुझ्न सकेका छैनन् । यो विधिले पनि टिक्न सक्ने अवस्थामा पुगेनन् । किनभने पाँच वर्षसम्म एउटै कार्यालयम एउटै कर्मचारीलाई राख्नु निजामती सेवा ऐन र निजामती सेवा नियमावली विपरीत थियो । त्यसैले उनी त्यहाँबाट जानै पर्ने भयो । त्यसैले उनले धर्ना बस्ने विधि अपनाए ।

त्यसपछि उनी मन्त्रालयको गेट अगाडि दिनहुँजसो ४/५ घण्टा उभिन थाले । यो क्रम सोमबारदेखि जारी छ । उनले उठाएको मागले उनलाई नै हानी गरिरहेको छ ।

‘उनले गरेको बेथिति र अनियमिताको बास्तविक छानविन गर्ने हो भने कम्तीमा ५ करोड घोटाला गरेको प्रष्ट थाहा हुन्छ । हिंड्ने बेला २ करोड ७० लाख रुपैयाँको हिशाब बुझाउन सकेका छैनन् । जब हिसाब बुझाउन र रमाना बुझ्न व्यवस्थापन कार्यालयका प्रमुख चक्रबर्ती कण्ठले दबाब दिए ।  उनी अप्ठ्यारोमा परे । त्यसपछि उनले धर्ना बस्ने तरिका अपनाए’ व्यवस्थापन कार्यालयका एक कर्मचारी भन्छन्–‘अनियमिता गर्ने, हिसाब बुझाउन नसक्ने, हिसाब बुझाऊ भन्दा मन्त्रालयमा धर्ना दिन जाने हो भने यो देशमा अख्तियारमा किन चाहियो रु नियम कानुन पनि किन चाहियो रु जसले जे गरे पनि भयो ।’

ती कर्मचारीको भनाइ अनुसार पोखरेलको मन्त्रालयको गेट अगाडि उभिने हर्कत ठाडै पदीय आचारण विपरीत हो । यस्तो हर्कत देखाउने कर्मचारीलाई ६ महिना निलम्बन गर्नसक्ने व्यवस्था कानुनमै छ । यो अधिकार मन्त्रालयका सचिवलाई दिइएको छ ।

‘जो कर्मचारी आफैं ५ वर्षदेखि एउटै कार्यालयम बस्दै आएको छ । सरुवा गर्दा सरुवा गरिएको कार्यलयमा जानै मान्दैन । करोडौ अनियमिता गर्छ,उसैले नैतिकताको पाठ सिकाउने ?’ अर्का एक कर्मचारी भन्छन् ।

पोखरेलको यस्तो हर्कतदेखि व्यवस्थापन कार्यालयका कर्मचारीहरु यति दिक्क भएका छन् कि सरुवा गरिएको कार्यालयमा जान नमानेपछि कार्यालय प्रमुख कण्ठले पोखरेलको व्यक्तिगत मेल आइडीमा रमाना चिट्ठी बुझाए । यतिसम्म कि, उनले रमाना चिट्ठीसमेत बुझ्न मानेका छैनन् । यो भनेको निजामती क्षेत्रमा चरम बेथिति हो ।

करिव ५ वर्षसम्म व्यवस्थापन कार्यालयम बस्दा पोखरेलले कहिले पनि कार्यालय समयमा कार्यालय पुगेनन् । एक महिनामा १५ दिन जसो कार्यालय जाने गर्थे, गए पनि दिनमा एक÷दुई घण्टा मात्र बस्ने गर्थे ।

बाहिरै बसेर सप्लायर्स कम्पनीसँग सेटिङ मिलाउँथे । कमिसनको धेरै भाग आफैं खान्थे । धोरै भाग व्यवस्थापन कार्यालयका कर्मचारीहरुलाई भागबण्ड लगाउँथे । मानौं यस्तो थियो कि व्यवस्थापन कार्यालय उनैले चलाउँथे ।

यस्तो हर्कत देखाइरहेका पोखरेलको जब सरुवा भयो, उनलाई ठूलो चोट प¥यो । त्यसपछि व्यवस्थापन कार्यालय नछाड्न उनले धेरै विधि अपनाए । सबै विधि काम नलागेपछि धर्ना बस्ने अन्तिम सूत्र अपनाए । उनलाई यस्तो बुद्धि दिने काम कर्मचारी नेता भोला पोखरेलले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077