Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जाजरकोटमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

बिहिवार , मंसिर २०, २०८१

जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको बोलेरो जिप दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा जिपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो । २३ वर्षीय कमल चौधरी भने घाइते छन् ।

चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ । जीप सडकबाट करिब ७०० फिट तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077