Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईंका केही स्थानमा हुस्सु लागेको छ ।

आज सामान्यतया देशभरको मौसम सफा रहने महाशाखाको भनाइ छ । महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077