Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • धरानका मेयर साम्पाङले पत्रकारलाई धम्की दिँदै भने – शीर ठाडो पारेर हिँड्न सक्दैनस्

    धरानका मेयर साम्पाङले पत्रकारलाई धम्की दिँदै भने – शीर ठाडो पारेर हिँड्न सक्दैनस्

    अनलाइन नेपाल
  • बिहिबार, २० मंसिर २०८१
  • 285
    SHARES

    काठमाडौं । आफूविरुद्ध समाचार लेखेको भन्दै धरानका मेयर हर्क साम्पाङले पत्रकारहरुलाई धम्की दिएका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले अपशब्द बोल्दै पक्रकारलाई धम्की दिएका हुन् ।

    उनले लेखेका छन, ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! उनले पत्रकार सम्मेलनमा नआए शीर ठाडो पारेर नेपालमा हिडन नसक्ने गरी बेइज्जत गर्ने बताएका छन ।



    मेयर साम्पाङले लेखेका छन, ‘नत्र तँ मुलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा । जनक ऋषि भन्ने पनि आउनु ! निक्कै फुरफुर गरिस तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन ।’



    उनले यसमा कसैको नाम उल्लेख गरेका छैनन् । तर केही दिन अघि पत्रकार गोपाल दाहालले खोजपत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मन मौजी शासन शैलीका विषयमा समाचार लेखेका थिए ।

    साम्पाङले दाहालको नाम नलेखे पनि खोज पत्रकारिता गर्ने पत्रकार भन्दै इङ्गित गरेका हुन् । उनले नेपाल पत्रकार महासघ सुनसरीका अध्यक्ष को नामै तोक्दै एइना हेर्दै थुक्ने बनाइदिने धम्की दिएका छन् ।

    त्यस्तै मेयर हर्कले लेखेको अर्को स्टाटसमा भने पत्रकार गोपाल दाहालको नामै उल्लेख गरेर धम्की दिएका छन् । उनले लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ! बुझिस चोरफटाहा !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार